Thaha

Sunday 22 September - 2:09 am NST

कांग्रेस वा एमाले मध्ये एक दल प्रतिपक्षमा वस्नुपर्छ–गगन थापा


काठमाडौं, १५ असोज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले नेपाली काँग्रेस वा नेकपा एमाले मध्य एक दल प्रतिपक्षमा बस्नु पर्ने बताउनु भएको  छ । थाहा संचार नेटवर्कको समाचार मुलक कार्यक्रम द न्यूज प्लसमा कुराकानी गर्दै थापाले लोकतन्त्रमा प्रतिपक्षदल बलियो हुनुपर्ने भएकाले काँग्रेस वा एमाले मध्य एक दल प्रतिपक्षमा बस्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसभित्र यस विषयमा छलफल भैरहेको जानकारी दिनुभयो । एमाले नेतृत्वमा सरकार गठन गर्ने कुनै सहमति नभएको भन्दै थापाले एमालेलाई सरकारको नेतृत्व दिएपनि आफ्नो दल प्रतिपक्षमा बस्नुपर्ने बताउनु भयो ।

आवाज । सरकार बाहिर वा भित्र जहाँ भएपनि मुख्य राजनीतिक दलबीचको एकता भने संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भएकोमा काँग्रेस युवा नेता थापाले जोड दिनुभयो ।